Logo

२३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो युवा सङ्गठन वाइसिएलका पाँच निवर्तमान उपाध्यक्षलाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ।

साउन १६ देखि १९ सम्म बसेको पार्टी स्थायी कमिटी बैठकले यो निर्णय गरेको हो। आज जारी गरिएको सर्कुलरअनुसार, वाइसिएलका पाँच निवर्तमान उपाध्यक्षहरू उमेश घोरासैनी, मञ्जु बम, केहरसिंह कुँवर, गोगन मल्ल र ज्ञानबहादुर ढुंगाना अब माओवादी केन्द्रको वैकल्पिक केन्द्रीय सदस्य बन्नेछन्।

पार्टी विधानअनुसार, केन्द्रीय कार्यसमितिको ५० प्रतिशतसम्म वैकल्पिक सदस्य बनाउन सकिने प्रावधान छ। तर, पार्टी एकता र समायोजनका कारण सन्तुलन मिलाउनुपर्ने भएकाले महाधिवेशनसम्म थप सदस्यहरू पनि बनाउन सकिने निर्णय गरिएको सर्कुलरमा उल्लेख छ। यसका लागि प्रदेश समन्वय कार्यालयहरूको सिफारिसमा केन्द्रीय कार्यालयले निर्णय गर्नेछ।


सम्बन्धित समाचार
भर्खरै