प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२५ साउन, काठमाडौं । घरजग्गा व्यवसायमा नयाँ कानुनी व्यवस्था आउने भएको छ।

अब घरजग्गा व्यवसायीहरूले हदबन्दी छुटमा लिएको जग्गामा घर, अपार्टमेन्ट वा घडेरी बनाएर बिक्री गर्न पाउने भएका छन् । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले यस सम्बन्धी कानुन बनाउन सहमति दिएको हो ।

विधेयक आजै पारित गर्ने तयारी

संसदीय समितिले यस सम्बन्धी विधेयक आजै पारित गर्ने तयारी गरेको छ। यो व्यवस्था भूमि सम्बन्धी ऐनमा संशोधन गरेर ल्याइँदैछ । नयाँ व्यवस्था लागू भएपछि घरजग्गा व्यवसाय गर्न अनुमति पाएका कम्पनीहरूले हदभन्दा बढीको जग्गामा घडेरी वा घर र अपार्टमेन्ट बनाएर बेच्न सक्नेछन् । हाल नेपालमा १०० भन्दा बढी कम्पनीहरूले घरजग्गा व्यवसाय सञ्चालन गरिरहेका छन्। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव मानबहादुर अर्यालका अनुसार २०७६ सालमा भूमिसम्बन्धी ऐन संशोधन भएपछि हदबन्दी भन्दा बढी जग्गा लिन बाटो खुलेको थियो। तर, अहिलेसम्म हदभित्रको जग्गामा घर बनाएर बेच्न पाइँदैनथ्यो ।

सामूहिक स्वामित्व र सर्तहरू

प्रस्तावित विधेयकमा केही सर्तहरू पनि राखिएको छ। जसअनुसार घर वा अपार्टमेन्ट बिक्री गर्दा खरिदकर्ताहरूको सामूहिक उपयोगमा रहने गरी राखिएको जग्गाको सामूहिक स्वामित्व कायम गर्नुपर्नेछ। भूउपयोग परिषद्ले आवासीय वा व्यावसायिक क्षेत्रमा वर्गीकरण गरेको जग्गालाई मात्र घडेरी विकास गर्न पाइनेछ। यदि कुनै जग्गा वर्गीकरण हुनुअघि नै खरिद गरिएको छ र त्यो कृषि क्षेत्रमा परेको छ भने पनि मन्त्रालयको स्वीकृति लिएर बिक्री गर्न पाइनेछ।


सम्बन्धित समाचार