Logo

२६ साउन, काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटको आफ्नो अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११–० को फराकिलो अन्तरले पराजित भएको छ।

भुटानको थिम्पुमा भएको खेलमा उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गरेको थियो।

नेपालको छनोट यात्रा समाप्त

यो हारसँगै नेपालको छनोट यात्रा समाप्त भएको छ। समूह ‘ए’ मा रहेको नेपालले ३ खेलबाट ४ अंक मात्र जोड्यो। पहिलो खेलमा नेपालले भुटानसँग ११ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा साउदी अरेबियालाई १–० ले हराएको थियो।

उत्तर कोरियाले भने समूहका सबै ३ खेल जितेर ९ अंकसहित समूह विजेता बन्दै अर्को वर्ष थाइल्याण्डमा हुने फाइनल चरणमा स्थान पक्का गरेको छ। उत्तर कोरियाले छनोटका खेलमा कुल ३६ गोल गर्दा एक गोल पनि खाएको छैन।

उत्कृष्ट दोस्रो हुने टोलीका लागि पनि नेपालको सम्भावना सकिएको छ। पाँचवटा समूहमा दोस्रो हुने टोलीहरूको ६ अंक भइसकेकोले नेपालको ४ अंक पर्याप्त भएन। नेपालले यसअघि भुटान र साउदीलाई हराएर उत्तर कोरियासँग बराबरी खेल्दै छनोट हुने लक्ष्य राखेको थियो।


सम्बन्धित समाचार