Logo

२६ साउन, काठमाडौं । संसदीय समितिमा छलफल भइरहेको भूमि विधेयक आज पनि पारित हुन सकेन।

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरूले मन्त्रालयले पेस गरेको संशोधित प्रतिवेदनमाथि शंका व्यक्त गरेपछि बैठक स्थगित गरिएको हो ।

के थियो विवाद ?

विवादित विषय संशोधित दफा १२ (छ) मा केन्द्रित थियो। यस दफामा हदबन्दीभन्दा धेरै जग्गा लिनुअघि डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) र वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गर्नुपर्ने व्यवस्था थियो। तर, मन्त्रालयले पेस गरेको नयाँ प्रतिवेदनमा ‘स्वीकृत गराउनुपर्ने’ भन्ने शब्द हटाई त्यसको सट्टा ‘स्वीकृत प्रतिवेदन पेस गर्नुपर्ने’ भन्ने प्रावधान राखिएको थियो।

मन्त्रालयले आफू यस्ता प्रतिवेदन स्वीकृत गर्ने आधिकारिक निकाय नभएको भन्दै उक्त व्यवस्था हटाएको थियो। तर, सांसदहरूले भने यो प्रावधानमाथि शंका व्यक्त गर्दै ‘केही परिमार्जनसहित यथावत् राख्नुपर्ने’ माग गरेका छन् ।

अब मंगलबार बैठक बस्ने

सांसदहरूले प्रस्तावित संशोधनमाथि थप अध्ययन गर्न पाउनुपर्ने माग गरेपछि समितिकी सभापतिले बैठक स्थगित गरेकी छिन्। अब यस विषयमा छलफल गर्न मंगलबार पुनः बैठक बस्नेछ।


सम्बन्धित समाचार