Logo

२६ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिबाट सन्यास लिए आफू सबैभन्दा खुसी हुने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित ‘युवासँग जनप्रतिनिधि’ कार्यक्रममा बोल्दै उनले यो कुरा उनीहरूलाई अवमूल्यन गर्न नभई सम्मानका साथ भनेको स्पष्ट पारे। थापाले भने, ‘उहाँहरूप्रति एकदमै ठूलो सम्मान छ। उहाँहरूले नेपालमा ठूलो योगदान गर्नुभएको छ।’ थापाका अनुसार, अहिले नेपाली राजनीति डेलिभरी गर्न नसक्ने अवस्थामा अड्किएको छ।

उनले यसले युवाहरूमा वितृष्णा बढाएको र राजनीति ‘फोहोर जमेको पोखरी’ जस्तो भएको टिप्पणी गरे। यस भनाइले राजनीतिमा नयाँ नेतृत्वको आवश्यकता रहेको उनको धारणालाई दर्शाउँछ।


सम्बन्धित समाचार