Logo

२६ साउन, काठमाडौँ । हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि आमा र बहिनी इजरायल प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय दबाब बढाउने उद्देश्यले विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी सोमबार बिहान इजरायल प्रस्थान गरेका हुन् ।

फ्लाइ दुबईको विमानमार्फत उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्दा भावुक दृश्य देखिएको थियो। विमानस्थल प्रवेशका क्रममा आमा र छोरीको आँखाबाट आँसु बगिरहँदा उपस्थितहरूले पनि संवेदना प्रकट गरेका थिए ।

इजरायल सरकारले विपिनको रिहाइका लागि अभियानलाई सशक्त बनाउन उनीहरूलाई त्यहाँ लैजाने निर्णय गरेको हो । विपिन ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत रोजगारीका लागि इजरायल गएका थिए। वि.सं. २०८० असोज २० गतेदेखि उनी परिवारसँग सम्पर्कविहीन छन् ।

हमासद्वारा कब्जा गरिएका कैयौं बन्दी यसअघि रिहा भइसकेका भए पनि विपिनको अवस्था अझै अज्ञात छ । परिवार र सम्बन्धित निकायहरूले उनको सुरक्षित रिहाइका लागि निरन्तर पहल गरिरहेका छन् ।


सम्बन्धित समाचार