Logo

२३ साउन, काठमाडौं । बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तन भए पनि नेपाली कांग्रेसभित्रको आन्तरिक कलह साम्य भएको छैन।

नयाँ मुख्यमन्त्री इन्द्र बानियाँले विश्वासको मत लिने तयारी गरिरहँदा, पूर्व मुख्यमन्त्री बहादुरसिंह लामाको पक्षले ‘सामूहिक राजीनामा’ को चेतावनी दिएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको रोहबरमा बानियाँ र लामाबीच सहमति भएको भनिए पनि सो सहमति कार्यान्वयन नभएको लामा पक्षको आरोप छ। संसदीय दलको नेतामा पराजित भएपछि लामाले तीन सांसदलाई मन्त्री नियुक्त गरेका थिए, तर उनीहरूले शपथ लिन पाएनन्।

लामा पक्षको अडान

लामा पक्षले आफूहरूले ‘अन्तिम अस्त्र’ का रूपमा पार्टी सभापति देउवालाई भेटेर सामूहिक राजीनामा बुझाउने चेतावनी दिएको छ। उनीहरूले पूर्व सहमति कार्यान्वयन हुनुपर्ने र मन्त्रिपरिषद्‌मा सम्मानजनक हिस्सेदारी पाउनुपर्ने माग राखेका छन्। लामा पक्षका सांसद कुन्दनराज काफ्लेका अनुसार देउवालाई भेटेपछि मात्र उनीहरूको अडान स्पष्ट हुनेछ।

मुख्यमन्त्री बानियाँको तयारी

मुख्यमन्त्री बानियाँले २७ साउनमा विश्वासको मत लिने तयारी गरेका छन्। यसका लागि कांग्रेस र एमाले दुवैले ह्वीप जारी गरिसकेका छन्। विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने बानियाँको योजना छ। कांग्रेसका सांसद श्रीराम लामिछानेले सहमति कार्यान्वयन हुनेमा शंका नगर्न आग्रह गरेका छन्, तर लामा पक्ष भने तत्काल आफ्नो माग पूरा गराउन चाहन्छ।


सम्बन्धित समाचार