Logo

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रिहाइको मागसहित दायर गरिएको निवेदनमा आज जिल्ला अदालत रूपन्देहीमा पेसी तोकिएको छ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका लामिछानेले आफ्नो बिगोबराबरको रकम जमानतमा राखेर रिहा हुन पाउनुपर्ने माग गर्दै साउन १९ गते अदालतमा निवेदन दिएका थिए । उनले बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ दाखिला गरिसकेको दाबी गरेका छन् ।

गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। त्यसयता उनी भैरहवा कारागारमा छन् । आजको पेसीले उनको भविष्यबारे महत्त्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार