२३ साउन, काठमाडौं । एभरेस्ट बैंकले आर्थिक वर्ष २०८१र८२ मा उल्लेख्य वित्तीय प्रगति हासिल गरेको छ।
बैंकले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ३२।७ प्रतिशतले बढेर ४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा १ अर्ब २० करोड रुपैयाँले बढी हो । बैंकको सफलतामा खुद ब्याज आम्दानी पनि महत्त्वपूर्ण रहेको छ, जुन बढेर ९ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। यसबाहेक, बैंकले निष्क्रिय कर्जालाई ०.७१ प्रतिशतबाट ०.३८ प्रतिशतमा झार्न सफल भएको छ, जसले कर्जा व्यवस्थापनमा सुधार भएको देखाउँछ ।
प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ४७ पैसाबाट बढेर ३७ रुपैयाँ ९९ पैसा पुगेको छ। यसले सेयरधनीहरूलाई राम्रो प्रतिफल दिने संकेत गरेको छ। बैंकको लाभांश क्षमता पनि बलियो देखिएको छ, जहाँ असार मसान्तसम्मको वितरणयोग्य नाफा ४ अर्ब ९५ करोड रुपैयाँ रहेको छ। यसअनुसार, वार्षिक प्रतिसेयर वितरणयोग्य नाफा ३८।२७ रुपैयाँ छ।
यससँगै, बैंकको आधार दर ७.२९ बाट घटेर ५.३६ प्रतिशतमा झरेको छ, जसले गर्दा कर्जा लिने ग्राहकहरूलाई फाइदा पुगेको छ। हाल बैंकको प्रतिसेयर नेटवर्थ २४७ रुपैयाँ छ। यो प्रदर्शनले एभरेस्ट बैंकलाई वित्तीय क्षेत्रमा एक मजबुत र सफल संस्थाका रूपमा स्थापित गरेको छ।















