Logo

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राखिएको कारागारको अनुगमन गरेको छ।

अनुगमनका क्रममा रुपन्देहीस्थित जिल्ला कारागारभित्र आधारभूत सुविधाको अभाव देखिएको आयोगले जनाएको छ। आयोगकी प्रवक्ता डा.लिली थापाले लामिछानेलाई राखिएको कोठाको झ्यालमा प्लाइउड ठोकिएको र कोठाभित्र पर्याप्त उज्यालो र हावाको अभाव भएको देखिएको बताएकी छन् । सुरक्षाको कारण देखाउँदै झ्याल थुनिएको भए पनि आयोगले तत्काल उक्त प्लाइउड हटाउन कारागार प्रशासनलाई निर्देशन दिएको छ।

थापाले लामिछानेसँग आधा घण्टा कुराकानी गरेको र उनलाई केही दिनदेखि बाहिर निस्कन नदिएको अवस्था रहेको बताएकी छन् । उनले कारागारको क्षमता २५० जनाको भए पनि त्यहाँ ६५० जना कैदीबन्दी राखिएको र अरूको अवस्था पनि नाजुक रहेको जानकारी दिएकी छन्। अदालतले लामिछानेलाई स्थानान्तरणका लागि आदेश दिए पनि हालसम्म स्थानान्तरण नगरिएकोमा पनि आयोगले चासो देखाएको छ।


सम्बन्धित समाचार