२६ साउन, काठमाडौं । सिन्धुलीको घ्याङ्लेक गाउँपालिका–२ स्थित नाङ्गे डाँडाको जंगलमा एक महिलाको शव फेला परेको छ। प्रहरीले मृतकको पहिचान गरेको छ ।
उनी सोही गाउँपालिकाकी अन्दाजी ४० वर्षीया सञ्चमाया वाइबा लामा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार, सञ्चमाया साउन ११ गतेदेखि परिवारको सम्पर्कमा थिइनन् । परिवारले साउन १५ गते इलाका प्रहरी कार्यालयमा उनी हराएको भन्दै निवेदन दिएपछि प्रहरीले खोजी कार्य जारी राखेको थियो ।
शव फेला परेको घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पोष्टमार्टमका लागि शव सिन्धुली अस्पताल पठाइएको छ। घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले सूक्ष्म अनुसन्धान अगाडि बढाएको छ।















