२६ साउन, काठमाडौं। गृह मन्त्रालयले तोकिएको कार्यस्थलमा नजाने १४ कर्मचारीमाथि कडा कारबाही गरेको छ।
मन्त्रालयको २४ घण्टे निर्देशनको पालना नगरेपछि ती कर्मचारीहरूको भौतिक र विद्युतीय हाजिरी काटिएको हो। मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका अनुसार, करिब एक महिनादेखि खटाएको स्थानमा नगएका २३ कर्मचारीहरूलाई साउन १५ गते २४ घण्टाभित्र हाजिर हुन पत्र पठाइएको थियो। तर, तीमध्ये ८ जना कर्मचारी मात्रै तोकिएको स्थानमा खटिएका छन् ।
बाँकी रहेका १४ जना कर्मचारीले निर्देशन नमानेपछि उनीहरूको हाजिरी साउन २० गतेदेखि काटिएको हो। यो घटनाले सरकारी सेवामा जवाफदेहीता कायम राख्न मन्त्रालयले कठोर कदम चालेको देखिएको छ।















