प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२६ साउन, काठमाडौं। गृह मन्त्रालयले तोकिएको कार्यस्थलमा नजाने १४ कर्मचारीमाथि कडा कारबाही गरेको छ।

मन्त्रालयको २४ घण्टे निर्देशनको पालना नगरेपछि ती कर्मचारीहरूको भौतिक र विद्युतीय हाजिरी काटिएको हो। मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका अनुसार, करिब एक महिनादेखि खटाएको स्थानमा नगएका २३ कर्मचारीहरूलाई साउन १५ गते २४ घण्टाभित्र हाजिर हुन पत्र पठाइएको थियो। तर, तीमध्ये ८ जना कर्मचारी मात्रै तोकिएको स्थानमा खटिएका छन् ।

बाँकी रहेका १४ जना कर्मचारीले निर्देशन नमानेपछि उनीहरूको हाजिरी साउन २० गतेदेखि काटिएको हो। यो घटनाले सरकारी सेवामा जवाफदेहीता कायम राख्न मन्त्रालयले कठोर कदम चालेको देखिएको छ।


सम्बन्धित समाचार
भर्खरै