बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रिहाइको माग गर्दै दायर गरिएको निवेदनमाथि आज जिल्ला अदालत रुपन्देहीमा बहस चलिरहेको छ।
जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासमा भइरहेको बहसपछि आजै आदेश आउन सक्ने सम्भावना रहेको अदालत प्रशासनले जनाएको छ । लामिछानेले आफ्नो भागमा परेको बिगो बराबरको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत दाखिला गरिसकेका छन्। सो रकम जमानतमा राखी आफूलाई रिहा गर्न पाउनुपर्ने मागसहित उनले साउन १९ गते जिल्ला अदालतमा निवेदन दिएका थिए ।
यसअघि, उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। त्यसपछि चैत २५ गतेदेखि उनी कारागारमा छन् । आजको अदालतको निर्णयले उनको भविष्य के हुने भन्ने स्पष्ट पार्नेछ।















