Logo

२७ साउन, वीरगञ्ज । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकमा एउटा सन्देश निकै भाइरल भइरहेको छ, जसमा फेसबुकले प्रयोगकर्ताको व्यक्तिगत डेटा (फोटो, भिडियो, मोबाइल नम्बर) आफ्नो इच्छाअनुसार प्रयोग गर्न सक्ने नयाँ नियम लागू गर्न लागेको दाबी गरिएको छ। यो अफवाहले धेरै प्रयोगकर्ताहरूलाई चिन्तित बनाएको छ र उनीहरूले आफ्नो डेटा सुरक्षित राख्न भन्दै एउटा अस्वीकृति (Disclaimer) पोस्ट गरिरहेका छन् ।

प्रयोगकर्ताहरूले गरिरहेका छन् यस्तो पोस्टः 

“फेसबुकको नयाँ नियम मेटा चाँडै लागू हुँदैछ, जहाँ कम्पनीले तपाईको व्यक्तिगत जानकारी र फोटोको प्रयोग गर्न सक्छ । नबिर्सनुहोस्, आज अन्तिम दिन हो । म फेसबुक वा यससँग सम्बन्धित कुनै पनि संस्थालाई मेरो फोटो, जानकारी, मेसेज आदिको प्रयोग गर्न अनुमति दिन्न ।”

अर्को पोष्ट यस्तो  : “म आफ्नो निजी जानकारी र तस्बिरहरूको प्रयोगका लागि फेसबुक वा मेटालाई कुनै अनुमति दिदिनँ। भोलि एक महत्वपूर्ण दिन हो, जसमा आधिकारिक मुहर राति ९:२० बजे लगाइएको छ। र यो समाचार टेलिभिजनमा प्रसारित गरिएको छ कि भोलिदेखि फेसबुकका नयाँ नियमहरू लागू हुनेछन् जसले तपाईंको तस्बिरहरूको प्रयोगको अनुमति दिनेछन् । समयसीमा आज समाप्त हुँदैछ। कृपया यो सन्देशलाई प्रतिलिपि गरेर आफ्नो प्रोफाइलमा नयाँ पोष्टको रूपमा टाँस्नुहोस्। जसले यस्तो गर्दैनन्, तिनीहरूलाई अनुमति दिने मानिनेछ। गोपनीयताको उल्लङ्घनमा कानुनी परिणामहरू हुन सक्छन्। म आफ्नो निजी जानकारी र तस्बिरहरूको प्रयोगका लागि फेसबुक वा मेटालाई कुनै अनुमति दिँदिनँ। एक मित्र बाट जानकारी पाई स्व्घोष्णा गरेको छु।”

९० प्रतिशत पोस्टहरूमा हुबहु कपी–पेस्ट :

धेरैजसो प्रयोगकर्ताहरूले यस मेसेजलाई एकअर्काको देखेर कपी–पेस्ट गरिरहेका छन् । यो एक किसिमले “भेँडाचाल” (जभचम mभलतबष्तिथ) जस्तै भएको छ, जहाँ एक व्यक्तिले गरेको देखेर अर्को व्यक्तिले पनि सोही काम गरिरहेका छन् । संचारकर्मी रंजित यादवले यस्ता मेसेज पोष्ट गर्ने दुई व्यक्तिहरूसँग कुरा गरे । “जवाफमा उनीहरूसँग यसको कुनै ठोस कारण थिएन ।”

रामबाबु मेहता (पत्रकार÷फेसबुक प्रयोगकर्ता) : उनले पनि यो मेसेज पोष्ट गरेका थिए । सोधपुछ गर्दा उनीसँग कुनै स्पष्ट जवाफ थिएन । उनले अन्य मानिसहरूले गरिरहेको देखेर आफूले पनि गरेको बताए । उनले भने “आफ्नै साथीले यो म्यसेज पाठायो अनि देखेर बिना संकोच पोष्ट गरिदिए ।”

प्रभाकर जयसवाल (फेसबुक प्रयोगकर्ता) : उनले पनि यो मेसेज पोष्ट गरेका थिए । यसको स्रोत सोध्दा उनले सामाजिक सञ्जालबाट नै यस्तो जानकारी पाएर शेयर तथा पोष्ट गरेको बताए । उनले भने “अरुले पोष्ट गरेको देखेर आफु पनि पोष्ट गरेको बताए ।”

विशेषज्ञहरू भन्छन् “यी पोस्टहरूमा कुनै सत्यता छैन” :

दिल्लीका सामाजिक सञ्जाल र साइबर विशेषज्ञ सन्नी नेहराले यो केवल एक भ्रम मात्र भएको बताए । उनले यस्तो अफवाह पहिले पनि सन् २०२० र २०२१ मा फैलिसकेको बताए । यसअघि यस्ता मेसेजहरू विदेशमा पनि भाइरल भएका थिए । सन् २०२३ मा यसको हिन्दी संस्करण भारतमा भाइरल भएको थियो । अहिले नेपाली संस्करणमा यो नेपालभर भाईरल भईरहेको छ । नेहराका अनुसार फेसबुकले यस्तो कुनै पनि नीति बनाइरहेको छैन ।

सामाजिक सञ्जाल विशेषज्ञ जसकरण मनोचाले यस्ता पोस्टहरू धेरै वर्षदेखि चलिरहेको बताए । उनको अनुसार, यो केवल अफवाह हो । उनले थपे, “तपाईको प्रोफाइलमा यस्तो पोस्ट शेयर गर्दा फेसबुकका कुनै पनि नियमहरू परिवर्तन हुँदैनन् । जब तपाई फेसबुकजस्ता प्लेटफर्ममा साइन अप गर्नुहुन्छ, त्यतिबेलै तपाईले कम्पनीको नियम र शर्तहरू स्वीकार गरिसकेको हुनुहुन्छ ।”

यो सन्देश पूर्ण रूपमा भ्रामक छ। फेसबुक वा मेटाले यसबारे कुनै आधिकारिक जानकारी दिएको छैन। केवल पोस्ट गरेर आफ्नो डाटा सुरक्षित गर्न सकिने दाबी गलत भएको पाइयो ।


सम्बन्धित समाचार