प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२७ साउन, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको नेतृत्वमा रहेको सरकारको भविष्यलाई लिएर देखिएको अन्योल समाप्त भएको छ।

बानियाँलाई विश्वासको मत दिन आनाकानी गरिरहेको नेपाली कांग्रेसका असन्तुष्ट सांसदहरूको समूह अन्ततः हेटौँडा आइपुगेको छ। पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाको नेतृत्वमा काठमाडौंमा रहेका १३ जना सांसदहरू भर्खरै हेटौँडा पुगेका हुन्। उनीहरूको आगमनसँगै प्रदेश सभाको बैठक बस्ने तयारी भएको छ। यसअघि ४ बजे बस्ने भनिएको बैठक उनीहरूको पर्खाइमा ढिला भएको थियो ।

अहिले उनीहरू हेटौँडा पुगेपछि बानियाँले प्रदेश सभामा विश्वासको मत पाउने निश्चित भएको छ। यसले बागमती प्रदेशमा देखिएको राजनीतिक तनावलाई अन्त्य गर्दै सरकारले पूर्णता पाउने बाटो खुलेको छ।


सम्बन्धित समाचार