२८ साउन, काठमाडौं । नेपालले भारत र बंगलादेशमा गरी १,०५० दशमलव ९ मेगावाट बिजुली निर्यात गर्ने अनुमति पाएको छ।
हालै भारतले थप २०० मेगावाट बिजुली निर्यात गर्न सहमति दिएपछि यो आँकडा बढेको हो । यसअघि नेपालले भारतमा ८१० दशमलव ९ मेगावाट बिजुली निर्यात गरिरहेको थियो। नयाँ सहमतिसँगै भारतमा मात्र कुल १,०१० दशमलव ९ मेगावाट बिजुली निर्यात हुनेछ। त्यस्तै, बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात भइरहेको छ ।
भारतले थप सहमतिका लागि नेपालका ६ वटा जलविद्युत् आयोजनाहरूलाई अनुमति दिएको छ। ती आयोजनाहरूमा लिखु–२, लिखु खोला ‘ए, लोअर सोलु, ठूलो खोला, सुपर कावेली खोला र सुपर कावेली खोला ‘ए’ रहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत नेपालले भारतलाई १,००० मेगावाट बिजुली निर्यात गर्न लागेको जानकारी दिएका छन्।

















