प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२८ साउन, काठमाडौं । नेपालका कारागारमा पुरुष बन्दीहरूको संख्या क्षमताभन्दा निकै बढी रहेको पाइएको छ।

गृह मन्त्रालयले दिएको जानकारीअनुसार, पुरुष बन्दीको संख्या औसतमा ६७ प्रतिशतले बढी छ। गृहमन्त्री रमेश लेखकले संसदीय समितिमा प्रस्तुत गरेको तथ्यांकअनुसार, देशभरका पुरुष ब्लकको कुल क्षमता १६ हजार ६२५ जना भए पनि त्यहाँ २७ हजार १६८ जना पुरुष कैदीबन्दी राखिएका छन्। यसको सीधा अर्थ हो, १०० जनाको क्षमता भएको ठाउँमा १६७ जनालाई राखिएको छ।

यद्यपि, महिला बन्दीको अवस्था भने फरक छ। देशभरका ५० वटा कारागारमा रहेका महिला ब्लकको क्षमता २ हजार ५०१ जना भए पनि हाल १ हजार ५५० जना मात्र महिला बन्दी छन्, जुन क्षमताभित्रै पर्छ। नेपालका ७७ मध्ये ७५ वटा कारागारमा कुल २८ हजार ७१८ जना थुनुवा र कैदी छन् ।

यीमध्ये १ हजार ४२७ जना विदेशी नागरिक छन् । ६५ वर्षभन्दा माथिका ६६ जना ज्येष्ठ नागरिक र ६४ जना आश्रित बालबालिका पनि कारागारमा रहेका छन् । गृहमन्त्री लेखकले हालै कैलाली कारागारमा भएको घटनाको छानबिन प्रतिवेदन आएपछि दोषीमाथि थप कारबाही र व्यवस्थापकीय सुधार गरिने प्रतिबद्धता जनाएका छन्। उनले अहिले कारागारको अवस्था सामान्य रहेको र भविष्यमा यस्ता घटना हुन नदिने गरी काम भइरहेको पनि स्पष्ट पारे।


सम्बन्धित समाचार