प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२७ साउन, काठमाडौं । एसिया–प्रशान्त क्षेत्रमा बीमा विश्लेषण बजार सन् २०२० देखि २०२७ सम्म वार्षिक औसत १५ दशमलव ९ प्रतिशतको दरले बढ्ने अनुमान गरिएको छ।

एलाइड मार्केट रिसर्चको एक प्रतिवेदनले यो वृद्धि अन्य क्षेत्रको तुलनामा सबैभन्दा तीव्र हुने बताएको छ। विश्वव्यापी रूपमा भने बीमा विश्लेषण बजार सन् २०१९ मा ७ दशमलव ९१ अर्ब डलरबाट बढेर सन् २०२७ सम्ममा २२ दशमलव ४५ अर्ब डलर पुग्ने अनुमान गरिएको छ। यो वृद्धिदर वार्षिक औसत १४ दशमलव २ प्रतिशत हुनेछ।

यो बजारको वृद्धिको मुख्य कारण उन्नत प्रविधिको प्रयोग र बीमा क्षेत्रमा बढ्दो प्रतिस्पर्धा हो। तर, गोपनीयतासम्बन्धी चिन्ता र नियामक आवश्यकताहरूले भने यसमा चुनौती थपेका छन् । प्रतिवेदनअनुसार, सन् २०१९ मा समाधान खण्डले बजारको दुई तिहाइ हिस्सा ओगटेको थियो र सन् २०२७ सम्म पनि यसको प्रभुत्व कायम रहनेछ। यद्यपि, सेवा खण्डले भने वार्षिक १५ दशमलव ५ प्रतिशत को सबैभन्दा तीव्र वृद्धिदर हासिल गर्ने अपेक्षा गरिएको छ।

प्रयोगको हिसाबले जोखिम व्यवस्थापनले सन् २०१९ मा बजारको करिब ४० प्रतिशत हिस्सा ओगटेको थियो। तर, बिक्री र बजारीकरण खण्ड वार्षिक औसत १७ दशमलव ३ प्रतिशतको दरले सबैभन्दा छिटो बढ्ने अनुमान छ।


सम्बन्धित समाचार
भर्खरै