२८ साउन, काठमाडौं । मोरङको विराटनगर-३ मा रहेको बालसुधार गृहमा प्रहरी र त्यहाँ रहेका बालबालिकाबीच झडप भएको छ।
बालबालिकाहरू भाग्न खोज्दा भएको यो झडपमा एक जना प्रहरी हवल्दार घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख नारायण चिमरियाका अनुसार, घाइते हुने प्रहरी हवल्दारको नाम हिरणकुमार मण्डल हो। अहिले अवस्था सामान्य छ र झडप नियन्त्रणमा आइसकेको छ। बुधबार बिहान सुधार गृहबाट बालबालिकाहरू भाग्ने प्रयास गरेपछि उनीहरूलाई रोक्न खोज्दा झडप भएको चिमरियाले जानकारी दिए।















