Logo

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हालैको तुर्कमेनिस्तान भ्रमणबारे संघीय संसद्लाई जानकारी गराएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले भ्रमणका मुख्य उपलब्धिबारे बताए। प्रधानमन्त्री ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरूको (एलएलडिसी) तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन साउन २० देखि २३ गतेसम्म तुर्कमेनिस्तानको अवाजा सहर पुगेका थिए। नेपाल एलएलडिसी समूहको अध्यक्ष भएकाले उनले सम्मेलनलाई सम्बोधन पनि गरेका थिए ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुख, संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरूसँग भेटवार्ता गरेको जानकारी गराए । उनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा प्रथम महिला राधिका शाक्य, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद सूर्य थापा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत उच्च सरकारी अधिकारीहरू सामेल थिए ।


सम्बन्धित समाचार