प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

काठमाडौं। गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारागारमा अन्य कैदीबन्दीले पाउने सुविधाबाट वञ्चित नगरिएको बताएका छन् ।

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार आयोगको बैठकमा बोल्दै गृहमन्त्रीले यस्तो जानकारी दिएका हुन् । रुपन्देही कारागारमा रहेका लामिछानेलाई मानवोचित र सबै कैदीबन्दीले पाइरहेको सुविधा दिइएको उनले स्पष्ट पारे। उनले भने, ‘उहाँलाई सानो भए पनि छुट्टै कोठामा राखिएको छ र कारागार प्रशासनले नियमित रूपमा कुनै समस्या भए/नभएको सोधिरहेको छ। गृहमन्त्रीका अनुसार लामिछानेलाई कुनै विशेष सुविधा नदिइएको भए पनि न्यूनतम सुविधाबाट वञ्चित गरिएको छैन।

यसैबीच, गृहमन्त्री लेखकले कैदीबन्दीलाई एक कारागारबाट अर्को कारागारमा सार्ने काम सहमतिअनुसार सरकारले गरिरहेको पनि बताए। उनले लामिछानेलाई कुन कारागारमा सार्ने भन्ने विषय सुरक्षालाई मध्यनजर गरेर अगाडि बढाइएको जानकारी दिएका छन् ।


सम्बन्धित समाचार
भर्खरै