Logo

२९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग उपप्रधानमन्त्री र मन्त्रीहरूले आज चालू आर्थिक वर्षका लागि कार्यसम्पादन सम्झौता गर्दैछन् ।

सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न यो सम्झौतालाई महत्त्वपूर्ण कदम मानिएको छ । गत वर्षको तुलनामा यस वर्ष झन्डै एक महिनाअगावै यो सम्झौता हुन लागेको हो । यसले वर्षभरि गरिने काम र त्यसबाट प्राप्त हुने उपलब्धिहरूलाई स्पष्ट पार्नेछ। प्रधानमन्त्रीका निजी सचिव विनोदबहादुर कुँवरका अनुसार यसले सरकारी कामको गतिलाई अझ तीव्र र प्रभावकारी बनाउनेछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १ बजे हुने कार्यक्रममा मन्त्रालयहरूको वार्षिक प्रगति समीक्षा पनि प्रस्तुत गरिनेछ । प्रधानमन्त्रीसँग मन्त्रीहरूले सम्झौता गरेपछि, मन्त्रीहरूले पनि आआफ्ना मन्त्रालयका सचिवहरूसँग कार्यसम्पादन सम्झौता गर्नेछन्। यस अभ्यासले सरकारी सेवा प्रवाह र पूर्वाधार निर्माणका कामहरूलाई तोकिएको समयमै सम्पन्न गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।


सम्बन्धित समाचार