प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२९ साउन, काठमाडौं । अवैध रूपमा बुद्धचित्तको दाना सङ्कलन गरेको आरोपमा प्रहरीले काठमाडौंको ठमेलबाट दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

उनीहरूको साथबाट ११५ किलो बुद्धचित्तको दाना र १२ लाख ७० हजार नगद बरामद भएको छ । पक्राउ पर्नेमा चीनको हेनान प्रदेशका ४६ वर्षीय लिउ जिङताओ र २३ वर्षीय लिउ स्याओस्वाई रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ठमेलस्थित जेपी मोडमा रहेको एउटा चिनियाँ होटलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार बाबुछोरा नाताका यी चिनियाँ नागरिक पर्यटक भिसामा नेपाल आएर अवैध गतिविधिमा संलग्न थिए । उनीहरूले गैरकानुनी तरिकाले बुद्धचित्तको दाना सङ्कलन गरी राखेको पाइएको छ । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।


सम्बन्धित समाचार
भर्खरै