Logo

२९ साउन, काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०८२/८३ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ।

यस वर्ष मोटा र मध्यम धान दुवैको मूल्यमा वृद्धि गरिएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले गरेको निर्णयअनुसार मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३,४६३ रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३,६२८ रुपैयाँ निर्धारण गरिएको छ । यो मूल्य गत वर्षको तुलनामा बढेको हो ।

गत वर्ष सरकारले मोटा धानको मूल्य ३,४१० रुपैयाँ र मध्यम धानको ३,५८० रुपैयाँ तोकेको थियो । सरकारले किसानलाई उनीहरूको उत्पादनको उचित मूल्य सुनिश्चित गर्न र कृषि उत्पादनलाई प्रोत्साहन दिन प्रत्येक वर्ष न्यूनतम समर्थन मूल्य तोक्ने गर्दछ ।

यसअघि फागुन २९ गते सरकारले चैते धानको पनि न्यूनतम समर्थन मूल्य तोकेको थियो, जसअनुसार १८ प्रतिशतसम्म चिस्यान भएको धानको मूल्य प्रतिक्विन्टल २,८६९ रुपैयाँ निर्धारण गरिएको थियो ।


सम्बन्धित समाचार
भर्खरै