Logo

२२ साउन, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्रीहरू र सबै मन्त्रीहरूसँग चालू आर्थिक वर्षका लागि कार्यसम्पादन सम्झौता गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै यो सम्झौतामा हस्ताक्षर भएको हो । गत वर्ष भदौ २७ गते यस्तै सम्झौता गरिएको थियो। तर, यस वर्ष करिब एक महिना अगाडि नै सम्झौता भएकाले वर्षभरिका कामलाई छिटो र प्रभावकारी बनाउन यसले मद्दत पुग्ने प्रधानमन्त्रीका निजी सचिव विनोदबहादुर कुँवरले जानकारी दिएका छन् ।

‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि थालिएका पूर्वाधार निर्माण र सेवा प्रवाहमा सुधारका कार्यहरू तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौताको अभ्यास प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालदेखि सुरु भएको हो । प्रधानमन्त्रीसँग मन्त्रीहरूले सम्झौता गरेपछि अब मन्त्रीहरूले पनि सम्बन्धित सचिवहरूसँग कार्यसम्पादन सम्झौता गर्नुपर्नेछ।


सम्बन्धित समाचार