Logo

काठमाडौं । अशोक राईको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी (जसपा) र राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता गर्ने सहमति भएको छ ।

बिहीबार नयाँ बानेश्वरमा दुवै दलका नेताहरूले कार्यगत एकताको सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । दुवै पार्टीले अब मिलेर काम गर्ने सहमति गरेसँगै चाँडै नै उनीहरूबीच पार्टी एकीकरण हुने पनि बताइएको छ। यो कदमलाई मधेश प्रदेशको राजनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ ।

जनता समाजवादी पार्टीस् अशोक राई नेतृत्वको यो दल हालै पार्टी विभाजनपछि गठन भएको हो। राजेन्द्र महतोको नेतृत्वमा रहेको राष्ट्रिय मुक्ति पार्टी नेपाल पनि विगतमा विभाजन भएको थियो।


सम्बन्धित समाचार