Logo

३० साउन, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्ममा आफ्नो वित्तीय प्रदर्शनमा उल्लेख्य सुधार गरेको छ । कम्पनीले आफ्नो खुद बीमाशुल्क र नाफा दुवैमा वृद्धि गरेको छ ।

कम्पनीले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार, गत आर्थिक वर्षमा कम्पनीको खुद बीमाशुल्क १८.८४ प्रतिशतले बढेर ४७ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो रकम ४० अर्ब ११ करोड रुपैयाँ थियो । बीमाशुल्कको साथै कम्पनीको खुद नाफामा पनि सुधार भएको छ ।

समीक्षा अवधिमा खुद नाफा १७।३७ प्रतिशतले बढेर ६० करोड ३२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको तुलनामा यो करिब १० करोड रुपैयाँले बढी हो । यससँगै, कम्पनीको प्रतिशेयर आम्दानी ९भ्एक्० पनि ४२ पैसाले बढेर ६ रुपैयाँ ६८ पैसा पुगेको छ ।

९ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी भएको यस कम्पनीको महाविपत्ती कोषमा १ अर्ब ३२ करोड रुपैयाँ र रिटेन्ड अर्निङ्गमा १ अर्ब २४ करोड रुपैयाँ रहेको छ । यसले कम्पनीको वित्तीय अवस्था बलियो रहेको संकेत गर्छ ।

 


सम्बन्धित समाचार
भर्खरै