३० साउन, काठमाडौं । काठमाडौँ महानगरपालिकाले मनोहरा नदी किनारमा रहेको सुकुम्बासी बस्तीमा डोजर चलाएको छ ।
महानगर प्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा गएको टोलीले शुक्रबार बस्तीमा रहेका नयाँ भौतिक संरचना र टहराहरू भत्काएको हो । वर्षायाममा बस्ती भत्काइदिएपछि सुकुम्बासीहरू बिचल्लीमा परेका छन् । स्थानीयहरूले वर्षाबाट जोगिनका लागि केही समय दिन अनुरोध गरे पनि नगर प्रहरीले नमानेपछि उनीहरूबीच केही बेर वादविवाद भएको थियो ।
यसअघि पनि काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन खोज्दा त्यहाँ झडप भएको थियो । अहिले मनोहरा खोला किनारको बस्तीमा भने प्रहरीको सुरक्षासहित डोजर चलाइएको छ । महानगरले नदी किनार अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउने अभियानलाई निरन्तरता दिएको छ ।















