प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

३० साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीले वामदेव गौतमलाई पार्टीको तेस्रो वरीयतामा राख्ने निर्णय गरेको छ ।

शुक्रबार सम्पन्न सातौँ सचिवालय बैठकले अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालपछि गौतमलाई वरीयता दिएको हो । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा भएको बैठकमा अध्यक्ष माधव नेपालले नेता गौतमलाई शपथग्रहण गराएको पार्टीका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।

यसका साथै, राष्ट्रिय एकता अभियानबाट एकीकृत समाजवादीमा समाहित भएका अन्य नेताहरूलाई पनि जिम्मेवारी तोकिएको छ । डिबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिटब्युरो सदस्य बनाइएको छ । त्यसैगरी, भगवती विष्टसहित नौ जनालाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ ।

 


सम्बन्धित समाचार