Logo

३० साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा शुल्क घटाउने लगायतका माग राख्दै नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका विद्यार्थीहरूले रिले अनशन सुरु गरेको २३ दिन पुगेको छ ।

माग सम्बोधन नभएको भन्दै उनीहरूले आन्दोलनलाई निरन्तरता दिइरहेका छन् । अखिल क्रान्तिकारी त्रिवि इन्चार्ज ममता जोशीका अनुसार, अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, सामाजिक कार्य तथा लैङ्गिकता अध्ययनका कार्यक्रमहरूलाई केन्द्रीय विभागमा गाभिएपछि विद्यार्थी शुल्क घटाउनुपर्ने उनीहरूको मुख्य माग हो । यसका साथै विभागका शिक्षक, कर्मचारी र भौतिक संरचनाको उचित व्यवस्थापन गर्नुपर्ने माग पनि उनीहरूले राखेका छन् ।

यसअघि, १९ दिनसम्म उपकुलपतिको कार्यकक्ष अगाडि रिले अनशनमा बसेका विद्यार्थीहरू र प्रहरीबीच झडप भएपछि उनीहरू बाहिरै अनशनमा बसेका छन् । त्रिविले आन्दोलनरत पक्षसँग वार्ताका लागि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको भए पनि पटक–पटकको वार्ताबाट सहमति जुट्न सकेको छैन ।


सम्बन्धित समाचार
भर्खरै