प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

३० साउन,वीरगञ्ज । नेक्सजेन म्यानेजमेन्ट एण्ड ईक्विटि सोलुसन्स लिमिटेडको संचालकमा वीरगञ्जका गणेश लाठ नियुक्त भएका छन। देबेन्द्र प्रताप शाहको अध्यक्षतामा श्रावण ३० गते काठमाण्डौमा बसेको संचालक समितिको बैठकले निजलाई नियुक्त गर्ने निर्णय गरेको हो।

संचालक समितिका सदस्य पुर्ब बैकंर बलराम बिष्टले ब्यक्तिगत कारणले काठमाण्डौ बाहिर बसि समय दिन नसकिने भएकोले राजिनामा दिनु भएको थियो। २०८१÷०६÷१९ गते सम्पन्न बार्षिक साधारण सभाबाट ४ बर्षको लागि संचालक नियुक्त भएकोले लाठलाई बाकि अवधिको लागि संचालक नियुक्त गरिएको कंपनिले जनाएको छ।

नव नियुक्त संचालक लाठ बीरगंज उधोग बाणिज्य संघका पुर्ब अध्यक्ष,ब्यवसायि र साहित्यकार हुन।उनका पाचँ वटा भन्दा बढि कृति प्रकाशित भैसकेका छन। नेक्सजेनले भर्खरै आफुलाई लिमिटेड कंपनिमा रुपान्तर भई चुक्ता पुजिं ५० करोड पुर्याउने र ३० प्रतिशत शेयर सर्बसाधारणमा बितरण गर्ने गरि तयारी गरिरहेको छ।

संचालकमा लाठको नियुक्तिले कंपनिले राखेको उद्देश्य प्राप्तिमा सहयोग पुग्ने बिस्वास कंपनिले लिएको जनाएको छ।

 


सम्बन्धित समाचार