Logo

३० साउन, वीरगञ्ज । समाजसेवामा सक्रिय उपकार सेवा नेपालले वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी एकजना शारीरिक रूपमा पूर्ण अपाङ्गता भएका असहाय व्यक्तिलाई ह्विलचेयर सहयोग गरेको छ।

संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले उक्त ह्विलचेयर औपचारिक रूपमा हस्तान्तरण गरेकी हुन्। कार्यक्रममा संस्थाका सदस्यहरू सुमन बगेडिया, अंकुर शर्मा, समाजसेवी प्रकाश थारु, सशस्त्र प्रहरी हवल्दार सुरेन्द्र बहादुर सिंह, स्थानीय नन्द किशोर कुस्वाहा लगायतको उपस्थिति रहेको थियो।

अपाङ्गता भएका व्यक्तिको दैनिक जीवन सहज बनाउन गरिएको यस सहयोगलाई स्थानीय समुदायले निकै सकारात्मक रूपमा लिएको छ।

उपकार सेवा नेपालले यसअघि पनि विभिन्न दुर्गम तथा पिछडिएका क्षेत्रहरूमा पुगेर असहाय, निसहाय तथा आर्थिक रूपमा विपन्न नागरिकहरूलाई आवश्यक अनुसारको सामग्री र सेवा प्रदान गर्दै आएको छ।

संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता सहयोग अभियानलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै