३० साउन, काठमाडौं । बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ ।
काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले संयुक्त रूपमा यो निर्णय गरेको हो । काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार, भदौ १५ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म निजी तथा सार्वजनिक सवारीसाधनहरू चलाउन पाइने छैन । अहिले मनसुन सक्रिय अवस्थामा रहेकोले कुनै पनि समयमा बाढीपहिरोको जोखिम बढ्न सक्ने भएकाले यो निर्णय गरिएको हो ।
सअघि पनि असार ७ गतेदेखि नै स्थानीय प्रशासनले सोही समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आएको थियो । जोखिम कम नभएको भन्दै यो प्रतिबन्धलाई थप १५ दिनका लागि निरन्तरता दिइएको छ ।















