३० साउन, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।
उनले नेपाली कांग्रेसबाट पाँच जना नयाँ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई १४ सदस्यीय बनाएका हुन् । मुख्यमन्त्री बानियाँले यसअघि आफूसहित ९ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । जसमा कांग्रेसबाट तीन र नेकपा एमालेबाट ६ मन्त्री थिए । आज थपिएका नयाँ मन्त्रीहरूमा सुरेश श्रेष्ठ, जयराम थापा, कृष्णकुमार तामाङ, विन्दु श्रेष्ठ र विनु रायमाझी पौडेल रहेका छन् । नवनियुक्त मन्त्रीहरुले आजै सपथ ग्रहण गरेका छन् ।
कसलाई कुन मन्त्रालय ?
१ इन्द्रबहादुर बानियाँ– (मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)
२ मधुसूधन पौडेल– कृषि तथा पशुपन्छी विकास मन्त्रालय
३ शिवराज अधिकारी– आन्तरिक मामिला तथा कानुन मन्त्रालय
४ किरण थापामगर– स्वास्थ्य मन्त्रालय
५ उर्मिला नेपाल– युवा तथा खेलकुद मन्त्रालय
६ कन्चन चन्द्र वादे– सामाजिक विकास मन्त्रालय
७ डा दिनेशचन्द्र देवकोटा– भौतिक पूर्वाधार विकास मन्त्रालय
८ प्रभात तामाङ– आर्थिक मामिला तथा योजना मन्त्रालय
९ भरतबहादुर केसी– वन तथा वातावरण मन्त्रालय
१० सुरेश श्रेष्ठ– संस्कृति तथा पर्यटन मन्त्रालय
११ जयराम थापा– श्रम, रोजगार तथा यातायात मन्त्रालय
१२ कृष्णकुमार तामाङ– खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय
१३ विन्दु श्रेष्ठ– उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय
१४ विनु रायमाझी पौडेल– सहकारी तथा गरिबी निवारण मन्त्रालय















