Logo

३० साउन, काठमाडौं । काठमाडौँमा डेंगु सङ्क्रमणका कारण एक २४ वर्षीया युवतीको मृत्यु भएको छ ।

कालिमाटी निवासी ती युवतीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । अस्पतालका चिकित्सकहरूका अनुसार, यसअघि कुनै पनि दीर्घरोग नभएकी ती युवतीको डेंगुका कारण मृत्यु भएको हो ।

उपचारका क्रममा उनलाई ‘सिजर’ (छारे रोगजस्तो) समेत देखिएको थियो । यो घटनासँगै काठमाडौँ उपत्यकामा डेंगु सङ्क्रमणको जोखिम पुनः बढेको संकेत देखिएको छ ।


सम्बन्धित समाचार