Logo

३१ साउन, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला कारागारबाट ललितपुरको नक्खु कारागारमा सरुवा गर्ने प्रक्रिया अघि बढाइएको छ ।

कारागार विभागका महानिर्देशक लीलाप्रसाद शर्माका अनुसार, लामिछानेले लिखित रूपमा नक्खु कारागारमै सरुवा गर्न अनुरोध गरेका थिए। विभागले आजै सरुवाको निर्णय गरी रुपन्देही पठाएको छ ।

“उहाँको मञ्जुरीनामा नै नक्खु कारागार उल्लेख भएकाले सोही अनुसार निर्णय गरेर पठाएका हौं,” महानिर्देशक शर्माले भने ।

हाल पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका लामिछानेलाई रुपन्देही कारागार, त्यहाँको प्रमुख जिल्ला अधिकारी (सीडीओ) कार्यालय र प्रशासनको सहकार्यमा काठमाडौं लगिने छ।

यसअघि गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा लामिछानेको कारागार सरुवाको काम भइरहेको बताएका थिए ।

शर्मा हालै गृह मन्त्रालयबाट सरुवा भई कारागार विभागको जिम्मेवारी सम्हालेका हुन्। यसअघि महानिर्देशकमा रहेका नारायण प्रसाद भट्टराईलाई निर्वाचन आयोगमा सरुवा गरिएको थियो ।


सम्बन्धित समाचार
भर्खरै