Logo

३१ साउन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज रुपन्देहीको भैरहवाबाट काठमाडौं सरुवा गरिँदैछ। सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई नख्खु कारागारमा सार्न लागिएको हो।

कारागार विभागले हिजो लामिछानेले दिएको निवेदनको आधारमा सरुवाको निर्णय गरेको हो। उनलाई बुद्ध एयरको दिउँसो ३ः१० बजेको उडानबाट काठमाडौं ल्याइने तयारी छ।

लामिछानेलाई स्वागत गर्न उनकी पत्नी निकिता लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाँदैछिन्। यस्तै, रास्वपाका समर्थकहरू पनि लामिछानेको समर्थनमा एयरपोर्टमा उपस्थित हुने तयारीमा छन्।

रास्वपाले लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध स्वरूप मुद्दा चलाइएको आरोप लगाउँदै देशव्यापी हस्ताक्षर अभियान समेत सुरु गरेको छ। पार्टीले लामिछानेमाथिको कारवाहीलाई “जनमतको अपमान” भनेको छ।
रवि लामिछाने चैत २५ गतेदेखि उच्च अदालत बुटवलको आदेशपछि रुपन्देही कारागारमा थुनामा थिए। सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा उनीमाथि मुद्दा चलिरहेको छ भने, उनी आफैंले पनि आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएका छन्।

सरुवा पछि अब नख्खु कारागारमा रहँदै उनीमाथिको मुद्दा प्रक्रिया अगाडि बढ्नेछ।

 


सम्बन्धित समाचार
भर्खरै