Logo

३१ साउन,काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमीको अवसरमा आज ललितपुरस्थित ऐतिहासिक कृष्णमन्दिरमा पूजाआराधना गरेका छन्।

पूजा सम्पन्न भएपछि मन्दिरका पुजारीले राष्ट्रपतिलाई फूल र प्रसाद प्रदान गरेका थिए। सोही क्रममा राष्ट्रपति पौडेलले मङ्गहिटीको पनि अवलोकन गरेका थिए।

मन्दिर परिसरमा राष्ट्रपतिलाई स्वागत गर्न विभिन्न उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो। ललितपुरबाट निर्वाचित संघीय सांसद, बागमती प्रदेशका कृषि मन्त्री मधुसूदन पौडेल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद ढकाल लगायतका जनप्रतिनिधि तथा स्थानीय बासिन्दाले राष्ट्रपति पौडेलको स्वागत गरेका थिए।


सम्बन्धित समाचार