३१ साउन,ठोरी । विभिन्न पेसा र व्यवसायको शिलशिलामा काठमाडौंमा रहेका ठोरीबासीबिचको मैत्रीपुर्ण फुटसल प्रतियोगिता शनिवार सम्पन्न भएको छ ।
कृष्ण जन्माष्टमी पर्वको अवसर पारेर नेकपा एमाले ठोरी -काठमाडौं सम्पर्क मञ्चकाे आयोजनामा लि हिमालयन फुटसल काठमाडौंमा ठोरी युथ फुटसल प्रतियोगिता सम्पन्न भएको नेकपा एमाले ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठले जानकारी दिनुभयो। ठोरी गाउँपालिका वडा स्तरीय प्रतियोगितामा निर्मल समाज युवा क्लब ठोरी -४ ले थ्री स्टार क्लब ठोरी -१ लाई पराजित गरेर उपाधी जितेको छ ।
उसले नगद रु २२ हजार २ सय २२ र ट्रफी हात पारेको छ । यस्तै उपविजेता बन्न सफल थ्री स्टार क्लबले नगद रु ११ हजार १ सय ११ र ट्र्फी जितेको छ । प्रतियोगितामा ठोरी गाउँपालिकाका ९ ओटा टिमले प्रतिस्पर्धा गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा ठोरीका क्षितिज बिष्ट उत्कृष्ट खेलाडी घोषित भएका छन्।
प्रतियोगिताले काठमाडौंमा विभिन्न पेसा व्यवसायको शिलशिलामा बसोबास गर्दै आइरहेका ठोरीबासीका बिचमा भेटघाट ,मित्रता ,र व्यक्तित्व विकास गर्न सहयोग पुर्याएको प्रतियोगिताको प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष श्रेष्ठले बताउनुभयो। यस्तै सो अवसरमा विशिष्ट अतिथि चर्चित गायक बाबा पाख्रीनले प्रतियोगिताकै कारण ठोरीबासीलाई अझ नजिकबाट चिन्ने मौका पाएको बताउनुभयो ।
कार्यक्रममा ठोरीका अगुवा युवाहरु विर बहादुर कुँवर , कृष्ण श्रेष्ठ, रामशरण श्रेष्ठ, मुन्ना श्रेष्ठ, हस्त बहादुर श्रेष्ठ, हेम श्रेष्ठ, तोप बहादुर श्रेष्ठ लगायतको उपस्थिति थियो ।

















