Logo

१ भदौ, जनकपुर । धनुषामा सामूहिक बलात्कारको आरोपमा एकजना अधिवक्ता पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषा जिल्ला बार एशोसिएसनका अधिवक्ता प्रमोद कुमार राय रहेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उनलाई शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रबाट पक्राउ गरिएको हो। शनिबार उनलाई धनुषा ल्याइएको छ र आज जिल्ला अदालतमा पेस गरी म्याद थपको प्रक्रिया अघि बढाइने जनाइएको छ।

प्रहरीका अनुसार अधिवक्ता रायसहित तीन जनाको समूहले धनुषाकै एक महिलालाई सामूहिक बलात्कार गरेको उजुरी इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा गत साता दर्ता भएको थियो। घटनाको मिति १२ माघ २०८१ रहेको उल्लेख गरिएको छ।

पीडित महिलाका अनुसार घटनाको समयमा बिहान कुहिरो लागेको थियो, जसको मौका छोपी आरोपित समूहले जबर्जस्ती करणी गरेका थिए। पीडितले सोही समय इलाका प्रहरी कार्यालयमा उजुरी दिए पनि दर्ता नभएको र पछि उच्च अदालतबाट परमादेश ल्याएर मात्र जाहेरी दर्ता भएको बताइएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।

 


सम्बन्धित समाचार
भर्खरै