Logo

फाइल तस्बिर

१ भदौ,चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा आइतबार पुनः पहिरो खसेपछि यातायात पूर्णरूपमा अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–५ स्थित तुइँनखोला नजिक आज बिहान १० बजेतिर खसेको पहिरोले सडक सम्पूर्णरूपमा अवरुद्ध बनाएको हो।

यसअघि बिहान ४ बजे खसेको पहिरो पन्छाएर बिहान ८ बजेदेखि सवारीसाधन आवतजावत पुनः सुरु गरिएको थियो। तर, केही समयमै सोही स्थानमा पुनः पहिरो खसेपछि सडक फेरि बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए।

हाल पहिरो पन्छाउने काम जारी रहेको र सडक खुलाउन डोजर तथा मानवस्रोत परिचालन गरिएको प्रहरीले जनाएको छ। पहिरोका कारण यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।

निरन्तर वर्षाका कारण पहिरो खस्ने क्रम बढेकाले यात्रुहरूलाई सतर्क रहन र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै