Logo

१ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि उपलब्ध गराइने अमेरिकी डलरको सटही सुविधाको सीमा बढाएको छ। केन्द्रीय बैंकले विनिमय कारोबार गर्ने निकायका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै सुनचाँदी व्यवसायसँग सम्बन्धित उद्योगहरूलाई ठूलो राहत दिएको हो।

नयाँ व्यवस्थाअनुसार, चाँदीबाट गरगहना, कलात्मक वस्तु, भाँडाकुँडालगायत उत्पादन गर्ने उद्योगहरूले अब प्रतिपटक ५ लाख अमेरिकी डलर वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रा सटही सुविधा पाउनेछन्। यसअघि यो सीमा ३ लाख अमेरिकी डलर मात्र थियो।

राष्ट्र बैंकको यो निर्णयले चाँदी आयातमा सहजता ल्याउने र कच्चा पदार्थको आपूर्ति सुनिश्चित गर्ने अपेक्षा गरिएको छ। बजार विश्लेषकहरूका अनुसार, यसअघि सटही सुविधा सीमित हुँदा व्यवसायीहरूले मागअनुसार आयात गर्न सकेका थिएनन्, जसले गर्दा उत्पादनमा दबाब परेको थियो। सीमा बढेपछि उत्पादन तथा आपूर्ति सहज हुने र सुनचाँदी उद्योगको प्रतिस्पर्धात्मक क्षमता पनि बढ्ने अनुमान गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै