प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२ भदौ,वीरगञ्ज । सिरहा जिल्लाको नवराजपुर गाउँपालिकाबाट १७ किलो गाँजासहित एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा ५० वर्षीय शिवनाथ यादव रहेका छन्।

सिरहा प्रहरीले जनाए अनुसार यादवलाई भारततर्फ गाँजा लैजाँदै गरेको अवस्थामा गए राति पक्राउ गरिएको हो। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय झाँझपट्टी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनलाई नवराजपुर गाउँपालिका–५, कुसण्डीबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका यादवको साथबाट सेतो प्लास्टिकको बोरामा लुकाएर राखिएको १७ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ। उनलाई अहिले थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेशपुरपतारमा राखिएको छ।

लागूऔषध मुद्दामा अनुसन्धान, ५ दिनको म्याद थप

शिवनाथ यादवमाथि लागूऔषधसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ। सोहीअनुसार, सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप लिएको प्रहरीले जानकारी दिएको छ।

यसरी सीमावर्ती क्षेत्रबाट गाँजा भारत तस्करी गर्ने प्रयास फेल भएको यो पछिल्लो घटना हो। प्रहरीले लागूऔषध कारोबार र तस्करीमा संलग्न व्यक्तिहरूको खोजी र निगरानी बढाएको जनाएको छ।


सम्बन्धित समाचार