३ भाद्र, वीरगञ्ज। उपकार सेवा नेपालले खानेपानीको गम्भीर अभाव झेल्दै आएका वीरगञ्ज–१५, नहर रोडस्थित बुद्धनगर टोलका बासिन्दालाई सहयोग गरेको छ ।
लगातार दुई महिनादेखि स्थानीय खानेपानीको स्रोत सुकेपछि टोलवासीहरू असहज जीवन बिताइरहेका बेला संस्थाले ४०० मिटर लामो २ इन्चको कालो पाइप हस्तान्तरण गरी खानेपानी आपूर्तिमा सहयोग पुर्याएको हो ।
संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले विशेष कार्यक्रममा उक्त पाइप टोलबासीलाई हस्तान्तरण गरेकी थिईन् । कार्यक्रममा संस्थाका सदस्य सुमन बगेडिया, समाजसेवी प्रकाश थारु, स्थानीय अगुवा रुपलाल साह, अनवारुल हक, प्रमोद चौधरी, मुकेश कुश्वाहा लगायतको उपस्थिती रहेको थियो ।
अध्यक्ष सरावगीले उपकार सेवा नेपालले आपत–विपत तथा आवश्यकता अनुसारको सहयोग निरन्तर गर्दै आएको बताउँदै स्थानीय समुदायसँगै समाजसेवामा अग्रसर रहने प्रतिबद्धता व्यक्त गरिन् ।
स्थानीयवासीहरूले संस्थाको यो सहयोगलाई अत्यन्तै राहतदायी भन्दै आभार प्रकट गरेका छन् ।















