Logo

३ भदौ,वीरगञ्ज ।जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले वीरगञ्जस्थित नारायणी अस्पतालको मेडिकल वार्डमा बिरामीहरूको सहजताका लागि ९ वटा वातानुकूलित एसी (ब्ऋ) जडान गरिदिने प्रतिबद्धता जनाएका छन्।

सोमबार पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँगै अस्पताल निरीक्षणका क्रममा अध्यक्ष यादवले यस्तो घोषणा गरेका हुन्। मेडिकल वार्डमा हाल पंखा मात्र रहेको र अत्यधिक गर्मीका कारण बिरामीहरूलाई उपचारमा कठिनाइ भइरहेको अवस्था देखेपछि अध्यक्ष यादवले एसी जडान गर्ने निर्णय लिएका हुन्।

अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताका अनुसार, जगरनाथपुरका अध्यक्ष यादवले निरीक्षणकै क्रममा सखुवा प्रसौनी र जीराभवानी गाउँपालिकाका अध्यक्षहरूसँग फोन सम्पर्क गरी ती दुई पालिकाबाट ३÷३ वटा र जगरनाथपुर गाउँपालिकाबाट ३ वटा गरी कूल ९ वटा एसी जडान गरिने सहमति प्राप्त भएको जानकारी गराए।

अध्यक्ष गुप्ताका अनुसार, अध्यक्ष यादवले एक हप्ताभित्रै सबै एसी जडानको प्रक्रिया पूरा हुने विश्वास दिलाएका छन्।अस्पताल निरीक्षणका क्रममा पूर्वमन्त्री रमेश रिजालले पनि अस्पतालको समग्र सुधारका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए। निरीक्षणका क्रममा पूर्वमन्त्री रिजाल र अध्यक्ष यादवले विभिन्न वार्ड तथा विभागमा पुगेर बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीहरूसँग भेटघाट तथा संवादसमेत गरेका थिए।

त्यस क्रममा अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ता र मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले अस्पतालमा विद्यमान समस्या र आवश्यकताका विषयमा विस्तृत जानकारी गराएका थिए।


सम्बन्धित समाचार
भर्खरै