Logo

३ भदौ, काठमाडौं । प्यालेस्टिनी सशस्त्र समूह हमासले गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइसम्बन्धी नयाँ प्रस्ताव स्वीकार गरेको छ। यस प्रस्तावलाई कतारको पहलमा क्षेत्रीय मध्यस्थकर्ताहरूले तयार पारेका थिए।

बीबीसीले उल्लेख गरेअनुसार, हमासले प्रस्तावित युद्धविराम योजनालाई स्वीकृति दिएको र त्यसअनुसार प्रारम्भिक ६० दिनको युद्धविराम अवधिमा दुई चरणमा बन्धकहरूको रिहाइ गरिनेछ।

हमासले इजरायलका बाँकी रहेका करिब ५० जना बन्धकहरूमध्ये २० जना जीवित रहेको हुनसक्ने जनाएको छ। प्रस्ताव अनुसार, ती बन्धकहरूलाई दुई चरणमा रिहा गरिनेछ, र युद्धविराम अवधिमा स्थायी शान्ति वार्ता अघि बढाइनेछ।

यद्यपि, यस प्रस्तावमा इजरायल सरकारले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहूको कार्यालयले गत साता एक वक्तव्य जारी गर्दै सबै बन्धकहरू एकैपटक मुक्त नगरी कुनै सम्झौता स्वीकार नगर्ने स्पष्ट पारेको थियो।

क्षेत्रीय तथा अन्तर्राष्ट्रिय रूपमा यो प्रस्तावलाई युद्धको दीर्घकालीन समाधानका रूपमा हेरिएको छ। अब इजरायलको आधिकारिक निर्णयमा विश्व समुदायको ध्यान केन्द्रित भएको छ।


सम्बन्धित समाचार