Logo

३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रगत परीक्षणले उनको शरीरमा भिटामिन ‘डी’ को मात्रा कम भएको देखाएको छ।

सोमबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई रगत जाँचका लागि राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको थियो । अस्पताल स्रोतका अनुसार, रगत रिपोर्टमा अन्य कुनै गम्भीर समस्या नदेखिए पनि भिटामिन ‘डी’ को कमी भेटिएको हो । यो कमी खानपान नमिल्दा वा घामको कमीले भएको हुनसक्ने चिकित्सकहरूले बताएका छन्। भिटामिन ‘डी’ को कमीले हड्डीको समस्या निम्त्याउने, रोग प्रतिरोधात्मक क्षमता घटाउने, र हातखुट्टा झम्झमाउनेजस्ता लक्षण देखिन सक्छन्।

रिपोर्टसहित आज चिकित्सक टोली उनलाई स्वास्थ्य परामर्श दिन नख्खु कारागारमै जाने तयारीमा छ। लामिछानेलाई तीन दिनअघि मात्रै भैरहवा कारागारबाट नख्खुमा स्थानान्तरण गरिएको थियो।


सम्बन्धित समाचार
भर्खरै