Logo

३ भदौ, काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले अमेरिकी कानून उल्लंघन गर्ने र नियत समयभन्दा बढी बसोबास गर्ने ६ हजारभन्दा बढी विदेशी विद्यार्थीहरूको भिसा रद्द गरेको छ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार, रद्द गरिएका भिसामध्ये ४ हजारजति विद्यार्थीहरूले लागूपदार्थ सेवन गरेर गाडी चलाउने, चोरी तथा अन्य आपराधिक गतिविधिमा संलग्न भएको पाइएको छ। बाँकी भिसाहरूमा पनि विविध कानुनी कारण देखाइएको छ।

यसबाहेक, २०० देखि ३०० विद्यार्थीको भिसा अमेरिकी आप्रवासन तथा राष्ट्रियता ऐन (क्ष्ल्ब्) को थ्री–बी धारा अन्तर्गत आतंकवादसँग सम्बन्धित घटनाका कारण रद्द गरिएको मन्त्रालयले जनाएको छ।

बीबीसीका अनुसार, यो कदम तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासी नीति अन्तर्गत आएको हो, जसमा विदेशी विद्यार्थीहरूमाथि पनि निगरानी र कारबाही कडा पारिएको थियो।

त्यस्तै, ट्रम्प प्रशासनले प्यालेस्टाइनको समर्थनमा प्रदर्शन गर्ने केही विद्यार्थीहरूमाथि यहूदीविरोधी व्यवहार गरेको आरोपमा पनि कारबाही गरेको बीबीसीले उल्लेख गरेको छ।

यस कारबाहीले अमेरिकी विश्वविद्यालयहरूमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूबीच भिसा सम्बन्धी थप डर र अन्यौलता बढाएको बताइएको छ।


सम्बन्धित समाचार
भर्खरै