३ भदौ,काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा ठुलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १,२०० रुपैयाँले घटेर १ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो सुनको मूल्य १ लाख ९६ हजार ३ सय रुपैयाँ थियो। सोही अनुसार सुनको मूल्यमा एकैदिन उल्लेखनीय गिरावट आएको हो।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा १५ रुपैयाँले घटेर २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो चाँदीको मूल्य २ हजार ३ सय १५ रुपैयाँ थियो।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा देखिएको उतार–चढाव र डलरको भाउमा आएको असरका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य घटबढ हुने गरेको जनाएको छ।















