Logo

३ भदौ, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा सरकारको राजस्व संकलन गत वर्षको तुलनामा कम भएको छ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार, साउनमा ८७ अर्ब १५ करोड रुपैयाँ राजस्व उठेको छ, जुन गत वर्षको सोही अवधिको ९० अर्ब ९४ करोड रुपैयाँभन्दा करिब ४ अर्ब कम हो । अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारी (हाल भन्सार विभागका महानिर्देशक) का अनुसार नेपालको राजस्व धेरैजसो आयातमा निर्भर छ।

साउनमा बाढीका कारण चीनतर्फका मुख्य नाका (तातोपानी र रसुवागढी) मा अवरोध हुँदा राजस्व संकलनमा कमी आएको हुनसक्ने अनुमान गरिएको छ। उनले आउने महिनामा यो अवस्थामा सुधार आउन सक्ने बताएका छन्।

बजेट खर्चको अवस्था

राजस्व मात्र होइन, सरकारको खर्च पनि कमजोर देखिएको छ। गत वर्ष साउनमा ८ अर्ब १ करोड रुपैयाँ खर्च भएकोमा यस वर्ष जम्मा ८२ करोड रुपैयाँ मात्र खर्च भएको छ, जुन लक्ष्यको ०.२ प्रतिशत मात्र हो । चालु खर्च वार्षिक लक्ष्यको १.६८ प्रतिशत मात्र खर्च हुँदै १९ अर्ब ७८ करोड रुपैयाँ खर्च भएको छ।

बचत र अनुदान

साउन महिनामा सरकारले कुल ८७ अर्ब ८९ करोड रुपैयाँ आम्दानी गरेको छ भने ४७ अर्ब ७० करोड रुपैयाँ खर्च गरेको छ। यसले सरकार बजेटरी बचतमा रहेको देखाउँछ। यस्तै, वैदेशिक अनुदान प्राप्तिमा भने सुधार देखिएको छ। गत वर्ष साउनमा शून्य रहेको अनुदान यो वर्ष ४ अर्ब २१ करोड रुपैयाँ प्राप्त भएको छ।


सम्बन्धित समाचार
भर्खरै